×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले शुल्क असुल्न थालेपछि अस्पताल जानेको संख्यामा कमी, होम आइसोलशेनमै बस्न थाले

LAXMI SUNRISE BANK

सरकारले शुल्क असुल्न थालेपछि अस्पताल जानेको संख्यामा कमी, होम आइसोलशेनमै बस्न थाले

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या घटेको छ । सरकारले असक्त, अपांग तथा जेष्ठ नागरिकबाहेक अन्यको उपचारमा शुल्क लिने निर्णय गरेसँगै चर्को शुल्क लाग्ने भएपछि संक्रमितहरु होम आइसोलशेनमै बस्न थालेका हुन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५१२, गण्डकी प्रदेशमा १ हजार २६३, लुम्बिनी प्रदेशमा १ हजार २४७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४७ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् । देशभर होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी ३५ हजार ४१९ सक्रिय संक्रमित रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी