काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३ सय ४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा माया खोला हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस अलावा एसियन हाइड्रोपावर, कालिन्चोक दर्शन, गुराँस लाइफ इन्स्योरेन्स, सिद्धार्थ इक्वटि फण्ड र गरिमा डेबेञ्चर, २०८५ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३ सय ४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया, नेस्डो सम्बृद्ध लघुवित्त, नबिल बैंक, शिवम् सिमेन्ट र चिलिमे हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । जीवन विकास लघुवित्तमा यस्तो गिरावट आउँदा जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त र किसान लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्