×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दिपुर केबलकारको आईपीओ निष्कासन हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बन्दिपुर केबलकारको आईपीओ निष्कासन हुँदै

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । लिमिटेडले २५ लाख ८० हजार कित्ता आइपिओ निष्कासनका लागि एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको जानकारी गराएको छ । बुधबार बन्दिपुर केबलकार र एसबिआई मर्चेन्टले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धि सम्झौता गरेका छन् । सम्झौता पत्रमा एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दिपुर केबलकारका तर्फबाट राम चन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

२०७६ साउन ४ गतेबाट निर्माण सुरू गरिएको यो परियोजनाको लागत तीन अर्ब ४९ करोड रूपैयाँ अनुमान गरिएको छ । यस कम्पनीले केबलकारका साथै १७ तले पाँचतारे होटल सञ्चालन गर्दैछ । होटलमा आठ सय क्षमताको बैंक्वेट हल, विवाह घर, हेल्थ क्लब, मेडिटेसन सेन्टर स्पा रहने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, कम्पनीले जारी गरेको विज्ञप्तीका अनुसार अंग्रेजी सेभेन आकारको संसारकै लामो जिप लाइन, बन्जी जम्प, ७२ मिटर लामो क्यान्टिलिभर सहितको सिसाको स्काइ वाक, स्विङ र क्वीन टावर भ्यु रूम लगायतका पूर्वाधार रहेको छ । बटम स्टेसनमा पर्यटकहरूलाई गुणस्तरीय खानाका परिकार उपलब्ध गराउन टुरिस्ट कोच, बागबगैंचा सहितको आधुनिक बहुआयामिक टर्मिनल भवन रहेको बताइएको छ ।

दुई अर्ब १५ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चुक्ता पुँजीको २ प्रतिशत अर्थात् चार करोड ३० लाख रूपैयाँ परियोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई, चुक्ता पुँजीको १० प्रतिशत अर्थात् २१ करोड पचास लाख रूपैयाँको सेयर सर्वसाधारणलाई छुट्याइने जनाएको छ ।

कम्पनीले केबलकारको सञ्चालन परीक्षण मिति २०८० वैशाख २५ गते र होटल सञ्चालन मिति २०८० असोज १ गते तोकेको छ। यस कम्पनीले बुढीमाँ छिम्केश्वरी केबलकार र सिद्धगुफा केबलकार समेत बनाउने योजना समेत अघि सारेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी