×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ सोमबार फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ सोमबार फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २४० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १०० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँमा पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ, किवि ४०० रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी