काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६५ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नापा कमाएको छ । गतवर्ष बैंकले सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको खराब कर्जा बढेका कारण नाफामा दबाब परेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.८१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ १० पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्