Skip to content
LAXMI SUNRISE BANK

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध धितोपत्र बोर्ड अदालतमा, दुई बर्षको कैद सजाय माग !

अर्थ सरोकार

काठमाडौं । जालसाझीपूर्ण तरिकाले प्रचलित कानुनविपरित सेयर कारोबार गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ । सो मुद्धामा प्रधान दोषी ठहर भएमा प्रधानलाई १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्ष कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । सोहि सजायको माग गर्दै बोर्ड अदालत पुगेको हो ।
आफैं अध्यक्ष भएर सेयर बिक्री गरेर प्रधानले धितोपत्र सम्बन्धी ऐनको दफा ९८ अनुसार जालसाजीयुक्त कारोबार गरेको र सो कारोबार कसुरजन्य काम भएको भन्दै बोर्डले प्रधानविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता गरेको हो ।
भित्री कारोबार गरेको भन्ने पुष्टी नभए पनि प्रधानले गरेको काम धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ उपनियम १( क) विपरित भएको भन्दै  बोर्डले प्रधानविरुद्ध मुद्धा दायर गरेको हो ।
ज्ञानेन्द्र लाल प्रधानले श्रीमती, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको बहानामा सोही सेयर बिक्री गरेको ठहर गर्दै सो काम प्रचलित कानुनविपरित रहेको भन्दै बोर्डले प्रधानविरुद्ध मुद्धा दर्ता गरेको हो ।
बोर्डमा रमेश हमाल अध्यक्ष भएर आएपछि गलत गर्नेहरुविरुद्ध भकाभक कारवाही भईरहेको छ । यसअघि पनि गुरु न्यौपानेलाई बोर्डले कारवाही गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK