×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध सामान र १३ बोरा पटका बरामद, दुई जना भए पक्राउ

LAXMI SUNRISE BANK

अवैध सामान र १३ बोरा पटका बरामद, दुई जना भए पक्राउ

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको रु सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बरामद गरिएका सामानमा कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटरपार्ट्स रहेका छन् । बरामद भएको उक्त सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
यसैबीच मेचीनगर–१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।
जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारवाही अगाडि बढाइएको कार्यालयले जनाएको छ । – रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी