- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब २७ करोडको कारोबार भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्बमाथिको २१ करोडमाथिको कारोबार भएको छ । त्यसपछि निफ्रा, लुम्बिनी विकास बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, सेन्चुरी बैंकको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :