काठमाडौं । आइतबार बिहानैदेखि ब्रोकर हाउसहरुमा प्रहरी परिचालन गरिएको छ । लगानीकर्ताहरुको तालाबन्दीको खबरले बिहानैदेखि ब्रोकरहाउसहरुमा प्रहरी परिचालन गरिएको हो ।
सेयर बजारलाई ‘डिप्रेसन’मा पार्नेगरी सरकारले ल्याएको कर नीतिको विरोध गर्दै लगानीकर्ताहरुले आन्दोलनको चौथो दिन ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्न लगानीकर्ता विभिन्न ब्रोकर हाउसहरुमा पुग्दा त्यहाँ पहिलेदेखि नै प्रहरी परिचालन गरिएको थियो ।
आक्रोशित लगानीकर्ताले जे पनि गर्न सक्ने भन्दै सुरक्षाको लागि प्रहरी परिचालन गरिएको एक ब्रोकर सञ्चालकले बताएका छन् । तर, लगानीकर्ताहरुले भने तालबन्दीका क्रममा कुनै पनि उश्रृङ्खल गतिविधि नगर्ने बताएका छन् । शान्तीपूर्ण रुपमा ब्रोकर हाउसहरुलाई टिएमएस बन्द गर्न अपिल गरेको बताउँदै अनुरोध गर्दा गर्दै पनि अनुरोधको अवज्ञा गरे परिस्थिति बिग्रिन सक्ने लगानीकर्ताहरुले चेतावनी दिएका छन् । बाँकी भिडियोमा हेर्नुहोस्ः