×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मास्क नलाई बैंकमा पसेका ग्राहकलाई गार्डले गोली हानेपछि…

PRIME CA

मास्क नलाई बैंकमा पसेका ग्राहकलाई गार्डले गोली हानेपछि…

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पहिले पहिले मुख छोपेर बैंक वा संवेदनशील स्थानमा पस्ने जो कोहीलाई लुट्न आएको आशंकामा ठाउँको ठाउँ गोली हानिन्थ्यो । तर, अहिलेको कोरोना महामारीमा बैंकमा छिरेका एक जना ग्राहकलाई भने बैंकका गार्डले मास्क नलगाएको भन्दै गोली हानेर ढालेका छन् ।
भारतको बरेलीस्थित सिभिल लाइन्स स्टेशन रोडको बैंक अफ बडौदामा कोरोना महामारीको समय मुखमा मास्क नलगाई छिरेको भन्दै गार्डले एक पुरुषमाथि गोली प्रहार गरेका हुन् । हालै सार्वजनिक गोली प्रहारको भिडियोमा ग्राहक तत्काल भुईंमा ढलेका देखिन्छन् । रगताम्मे उनी अचेत छन् भने पत्नीले गार्डलाई सोधेकी छिन् ‘तैंले कसरी र किन गोली हानिस् ?’ त्यहि क्रममा उनी कसैलाई खबर गर्न फोनमा नम्बर डायल गर्न लागेकोसमेत देखिन्छ ।
बैंकमा उपस्थित अन्य ग्राहकहरु भने गोली प्रहारको तमाशा हेरिरहेका देखिन्छन् । उक्त भिडियो खिचिरहेका एक जना पुरुषले गार्डलाई ‘अब तिमी जेल जान्छौ’ भनेको सुनिन्छ । जवाफमा गार्डले ‘केही छैन यिनी पनि मसँगै जेल जान्छन्’ भनेको सुनिन्छ । प्रहरी गोली प्रहारको केही समयपछि घटनास्थल पुगेको बताइन्छ । -जनआस्थाबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: