Skip to content
LAXMI SUNRISE BANK

‘हिमालय जेट’ द्वारा करिव आठ सय कर्मचारी माग

अर्थ सरोकार

काठमाडौं । अन्तराष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ ले कर्मचारीको माग गरेको छ । नेपाल सहित विश्वका विभिन्न देशका लागि हिमालय जेटले करिव आठ सय कर्मचारी माग गरेको हो ।

हिमालय जेटले व्यवस्थापक सहित ८ पदका लागि ७ सय ४३ कर्मचारी माग गरेको छ । कम्पनीले फ्रान्स, जर्मनी, युके,इटाली ,स्विजरल्याण्ड, स्पेन,अमेरिका पश्चिमी तट,अमेरिका पूर्वी तट,जापान,मकाउ,हंगकंग,सिंगापुर, युएई,साउदी, इन्डिया, नेपाल र अस्ट्रेलिया देशका लागि कर्मचारी माग गरेको हो ।

देश व्यवस्थापक, प्रमुख सञ्चालन अधिकृत (सिओओ), प्रमुत वित्त अधिकृत (सिएफओ), प्रमुख प्रविधि अधिकृत (सिटिओ), प्रमुख वाणिज्य अधिकृत (सिएमओ), प्रमुख प्राप्ति तथा खरिद अधिकृत (सिएपी), प्रमुख ग्राहक सेवा अधिकृत र प्रमुख प्रशासन तथा मावन संशाधन अधिकृत गरी आठ उच्च कार्यकारी अधिकृतका लागि दर्खास्त आह्वान गरेको हो।

नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले संचालन गरेको ‘हिमालय जेट’ बेलायतको राजधानी लन्डनमा दर्ता भएको अन्तराष्ट्रिय वायुसेवा कम्पनी हो । हिमालय जेटले काठमाडौं, नयाँदिल्ली र मुम्बईलाई युरोपका लन्डन र पेरिसमा सिधा प्रिमियम उडानमार्फत जोड्ने योजना बनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK