
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीमा प्रहरीले १ लाख नगद सहितको झोला फेला पारेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले करिब एक लाख नगद, मोबाइल र गहना भएको झोला भेटाएको हो । नगदसहित फेला पारेको उक्त झोला प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए । उक्त झोलाभित्र ९९ हजार ६ सय ४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।
झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । झोला फिर्ता गरेपछी मञ्जुले प्रहरीलाई धन्यवाद दिएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्