×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १२.७३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्व ५७ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार १२.७३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्व ५७ करोडमाथिको कारोबार

Artha Sarokar

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको  छ । सोमबारको तुलनामा नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २८२ कम्पनीको ६४ लाख ५० हजार ९ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १२ करोड १७ लाख ८ सय ३० रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबार सेयर बजारमा सिटि होटल लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मानुषी लघुवित्त, संगति हाइड्रो इनर्जी, पिपुल्स हाइड्रपावर कम्पनी, नेस्डो सम्वृद्ध लघुवित्त र बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १२ करोड १७ लाख ८ सय ३० रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा बिपीडब्लु लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । बिपीडब्लु लघुवित्तमा यस्तो गिरावट आउँदा एनआइबिएल प्रगति फण्ड, खानीखोला हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी र इमरजिङ्ग नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी