×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब हप्ताको एक दिन मात्र श्रम स्वीकृति सेवा पाइने

PRIME CA

अब हप्ताको एक दिन मात्र श्रम स्वीकृति सेवा पाइने

अर्थ सरोकार

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले जेठ २६ गतेदेखि हप्ताको एक दिन श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयले जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 
सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयले एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको जनाएको हो । कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवाहरू बन्द गरेको थियो । यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: