Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘शुक्र हाउस अफ डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टर’ मा विशेष छुट

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टर’ सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

उक्त व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले शुक्र हाउस अफ डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टर का विभिन्न सेवाहरुमा विशेष १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK