×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरमा काम गर्न बसेकी नेपालीको सहयोगमा लुटिए भारतीय व्यापारी, सुन चाँदी र पैसा बोकेर नेपाल फर्कदै गर्दा पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

घरमा काम गर्न बसेकी नेपालीको सहयोगमा लुटिए भारतीय व्यापारी, सुन चाँदी र पैसा बोकेर नेपाल फर्कदै गर्दा पक्राउ !

Artha Sarokar

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ४ नेपालीहरुले भारतमा एक व्यापारीको घरमा लुटपाट गरेपछि भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको छ । यसरी घरमा लुटपाट गर्ने नेपालीमा एक महिला पनि रहेको थाहा भएपछी प्रहरी नै तीनछक परेको छ । ती महिला सुदूरपश्चिम घर भइ एसएलसी फेल भएपछि भारतमा डाका डकैती गर्न गएको प्रहरीको भनाइ छ । उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ ।
उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ ।  उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी