Skip to content
LAXMI SUNRISE BANK

सिम्रिक एयरले तिर्यो ५५ लाख बक्यौता, उडान प्रतिबन्ध खुल्यो

अर्थ सरोकार

काठमाडौं । सिम्रक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता तिरेको छ । शुक्रबारदेखि सम्पूर्ण उडानमा प्रतिबन्ध लागेको सिम्रिक एयरले प्राधिकरणलाई तिर्न बाँकी रहेको ५५ लाख रुपैयाँ बक्यौता चुक्ता गरेको हो ।

आइतबार एक सूचना जारी गर्दै नागरिक उड्डयन प्राधिरकणले निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले बक्यौतावापत तिर्न बाँकी रहेको कुल ५५ लाख १२ हजार १ सय १२ रुपैयाँ चुक्ता गरेको हो ।

सम्पूर्ण बक्यौता चुक्ता गरेसँगै सिम्रिक एयरको उडानमा लागेको प्रतिबन्ध फुकुवा गरिएको छ ।

यसअघि कम्पनीले बाँकी रहेको बक्यौता नतिरेको र उडान सुरक्षामा गम्भीर लापरवाही गरेको भन्दै प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK