काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट सेवा प्रदायक कम्पनी ई-सेवालाई पब्लिक कम्पनी बन्न अनुमति दिएको छ । दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुन राष्ट्र बैंकमा आवेदन दिएको ई-सेवाले अन्ततः प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति पाएको हो ।
राष्ट्र बैंकले संस्थापकहरुको ‘फिट एण्ड प्रोपर टेस्ट’ गरेर अन्य निकायबाट सम्पूर्ण प्रक्रिया पूरा गरी प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण हुन ई-सेवालाई अनुमति दिएको हो ।
हाल ई-सेवामा विश्वास ढकालको ३५ प्रतिशत, असगर अलीको २५ प्रतिशत, संभस सिरोहियाको २० प्रतिशत, सुवास शर्माको १० प्रतिशत, सुभास सापकोटा र एफवान सफ्टका केही पूराना कर्मचारीको ५/५ प्रतिशत सेयर रहेको छ ।
राष्ट्र बैंकबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति पाएसँगै ई-सेवाल आईपीओ जारी गर्ने तयारी गरेको छ । ई-सेवाले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्