काठमाडौं । अनलाइन ठगिको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अरुको फेसबुक आईडी ह्याक गरी रकम ठगी गरेको भन्ने आरोपमा बिहीबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं बस्ने सिमान्त लामा, रोहन तामाङ, अमन्त लामा, अनुप श्रेष्ठ र कास्की घर भई हाल काठमाडांै नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।
उनिहरुले फेसबुक ह्याक गरी नजिकका मान्छेसँग विभिन्न बाहानामा ओटिपी र सापटी रकम मागी १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ह्याकिङमा प्रयोग भएका मोबाइल, ल्याप्टप र कपडा बरामद गरिएको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्