काठमाडौं । गृह मन्त्रालयले खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको हो ।
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहँदा आफूहरु मारमा परेका भन्दै कुखुरा उद्योगी व्यवसायीले त्यसको नियन्त्रणका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका थिए ।
सोमबार सरोकारवालासँगको बैठकमा गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकाले कानुन नै संशोधन गरेर भए पनि यसको प्रभावकारी नियन्त्रण गरिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्