×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

PRIME CA
GLOBAL IME BANK

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणमा संलग्न रहेको पाइएपछि प्रहरीले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ‘बे्रक शु’सहित करिब डेढ क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक शुबाट छुट्याएर, गालेर जोख्दा उक्त सुनको तौल ६१ किलो मापन गरिएको थियो । तस्करीको उक्त सुन २४ क्यारेट अर्थात ९९.९ प्रतिशत शुद्ध रहेको पाइएको थियो ।

सोही प्रकरणमा संलग्नताका आधारमा प्रहरीले ठूलो संख्यामा चिनियाँ नागरिकलाईसमेत पक्राउ गरिसकेको छ । प्रकरणका मुख्य नाइकेका रुपमा रहेका चिनियाँ नागरिकसँग मिलेर तस्करी गरेको पाइएपछि प्रहरीले थप व्यक्तिहरुलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेको छ भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग बयान लिइसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: