×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलआईसी नेपालका सेयरधनीको हात हुने भो खाली, कम्पनी भन्छ- ‘अलिकति पनि रिटर्न दिन सकिएन यसपाली…’

PRIME CA

एलआईसी नेपालका सेयरधनीको हात हुने भो खाली, कम्पनी भन्छ- ‘अलिकति पनि रिटर्न दिन सकिएन यसपाली…’

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)ले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

सोमबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ‘लाभांश वितरण गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा बहस भएको थियो ।’, कम्पनीको सञ्चालक समितिका एक सदस्यले भने, ‘रिटर्न दिन सकिने स्थिति देखिएपछि अन्नतः सबैको सहमतिमा लभांश वितरण नगर्ने निर्णय गरिएको हो ।’

ती सदस्यका अनुसार बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।

एलआईसी नेपालले यसअघि आर्थिक वर्ष २०७७/७८ मा पनि सेयरधनीहरुको हाल खाली गराएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: