Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला मोटर्सको फेस्टिभ स्किम सार्वजनिक, नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्नेलाई आकर्षक उपहार

अर्थ सरोकार

काठमाडौं। नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले  जनाएको छ ।

भृकृटीमन्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको हो । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै, सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी नि:शुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK