Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा, मेयर आतेश कुमार सिंहद्वारा उद्घाटन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त विस्तारित काउन्टर असोज २८ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे ।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरेका छन् । सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK