×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मर्यादाविपरीत काम गर्नेलाई कारवाही हुन्छ’ : गृहमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘मर्यादाविपरीत काम गर्नेलाई कारवाही हुन्छ’ : गृहमन्त्री

Artha Sarokar

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जो कोहीलाई पनि कानुनी दायरमा ल्याउने बताएका छन् ।
प्रेस सेन्टर मोरङद्वारा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताएका थिए ।
गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको सङ्घीयता अपरिहार्य भएको बताएका छन् । यस्तै, उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाएको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी