- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूको लुटपाट घटनाको अनुसन्धान गर्ने सुवास कटुवाल सर्वोत्कृष्ट अनुसन्धान अधिकृत बनेका छन् । नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनौट गरिएको हो ।
सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी नायव निरीक्षक सुवास कटुवालले पाएका छन् । सर्वोत्कृष्ट अनुसन्धान अधिकृतको उपाधि पाएका सुवास कटवालले २०६० सालमा असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए । कटवालले भिओआईपी कलबाईपासको पहिलो घटनाको अनुसन्धान गरेका थिए ।
सिआईविले हेरेको पहिलो बैङकिङ कसुर गोरखा विकास बैंकको अनुसन्धान उनैले गरेका थिए । उनले सर्वाधिक चर्चामा रहेका युनिटि ठगिकोसमेत अनुसन्धान गरेका थिए । यस्तै बैंक अफ काठमाण्डूको दाङस्थितको शाखामा भएको लुटपाटको घटनाकोसमेत कुवालले नै सफल अनुसन्धान गरेका थिए । ६५औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालय नक्सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइफ टाइमअचिभमेन्ट पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्