×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ तपाईंलाई पर्यो की परेन ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ तपाईंलाई पर्यो की परेन ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा !

Artha Sarokar

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शुक्रबार (आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा कम्पनीको आइपिओ बाँडफाँड भएको हो ।
जसमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ। कम्पनीको सेयर २ लाख ७३ हजार जना आवेदकले मात्रै  गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।
इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो । कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी