×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान, अब बीमितले अनलाइनमार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने

PRIME CA

सिटिजन्स लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान, अब बीमितले अनलाइनमार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अब सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइनमार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने भएका छन् । कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सुरक्षा र सेवालाई ध्यानमा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवा शुरु गरेसँगै बीमितले उक्त सेवा पाउने भएका हुन् ।
सेवाग्राही र बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सक्नेछन् । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दाबी प्रकृया अगाडि बढाउन सक्नेछन् ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने विश्वास कम्पनीले लिएको छ । डिजिटल अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी दिए ।
कम्पनीले ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको छ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागि इ-सेवा, फोन पे, कनेक्ट आइपीएसलगायतका डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: