Skip to content
LAXMI SUNRISE BANK

डिशहोम फाइबरनेटले ल्यायो नयाँ अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

अर्थ सरोकार

काठमाडौँ ।  डिशहोम फाइबरनेटले  नयाँ अफर सार्वजनिक गरेको छ ।  घटस्थापनाको दिन देखि लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा  आफ्ना ग्राहकहरुलाई २ वर्षसम्म ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको हो ।

सो अफर अन्तर्गत नयाँ ग्राहकहरुले ५० एमबिपिएस देखि ३ सय एमबिपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जस्मा ग्राहकहरुले ५० एमबिपिएस देखि २५० एमबिपिएससम्म फाईभजी राउटर पाउनेछन भने ३ सय एमबिपिएसको प्याकेज लिने ग्राहकहरुले वाईफाई ६ राउटर पाउनेछन् ।

त्यस्तै, थप जानकारीको लागि आफु नजिकैको डिएच फइबरनेट डिलर दाई अथवा ०१-५९७०३६ मा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ । साथै,  चाडपर्वमा थप उत्साह ल्याउन ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फइबर नेटको नयाँ कनेक्सन जडान गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।

एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो। साथै, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना असोज २८ देखि पूर्णिमा ९ कार्तिक ११ सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK