×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड

PRIME CA

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असोज १६ देखि २० गतेसम्म विक्री गरेको ऋणपत्र असोज २६ गते बाँडफाँट गरेको हो । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । 
कुल कित्तामध्य १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको थियो भने १८ लाख कित्ता परिपत्र विधिबाट विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको मध्यबाट ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानीकोषको लागि बाँडफाँट गरिएको छ । यो ऋणपत्र खरिद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । 
 
धितोपत्र दोस्रो बजारमा पनि यो ऋणपत्र सूचीकृत हुने हुदाँ खरिद विक्रीसमेत गर्न सकिने व्यवस्था छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: