काठमाण्डाै – केहि दिनअघि दुर्घटनामा परेका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको उपचारका क्रममा निधन भएको छ ।
भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा उनको निधन भएको मनाङ एअरले जनाएको छ ।
अस्पतालका अनुसार सेढाईँको ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।