काठमाडौँ । एनआईसी एशिया बैंकले भूकम्प प्रभावितहरुको लागि ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि बैंकले ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा उक्त रकम सहयोग गर्ने भएको हो ।
यसअघि सिटिजन्स बैंकले पनि भूकम्प प्रभावितहरुको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।