×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको प्रतिबन्धका बाबजुत रोकिएन टिकटक क्रेज, भीपीएन चलाएरै टिकटकमा व्यस्त छन् टिकटकर, सरकार फेल ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारको प्रतिबन्धका बाबजुत रोकिएन टिकटक क्रेज, भीपीएन चलाएरै टिकटकमा व्यस्त छन् टिकटकर, सरकार फेल ! 

Artha Sarokar

२९ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध लगाएसँगै भीपीएन प्रयोग गरी टिकटक बनाउने, र चलाउनेहरु बढेका छन् ।सामाजिक सद्भावमा खलल पुगेको भन्दै सरकारले क्याबिनेटबाट निर्णय गरी टिकटक बन्द गरेपनि टिकटकका प्रयोगकर्ताहरुले भने भीपीएन प्रयोग गरेरै भए पनि टिकटक बनाउने र चलाउने गरिरहेका छन् ।
चर्चित टिकटकरहरु भीपीएन चलाएरै भए पनि आज पनि टिकटक कन्टेन्ट बनाउनमै व्यस्त छन् । टिकटकमा लाइभ बस्नेहरु पनि लाइभ बस्न रोकिएका छैनन् । गिफ्ट माग्नेहरु पनि मागिरहेका छन्, गिफ्ट दिनेले पनि दिईरहेका छन् । अझ कतिपयले त भीपीएन चलाएर टिकटक बनाउने र सो टिकटक फेसबुक रिल र इन्स्टाग्रामको रिलमा अपलोड गरिरहेका छन् । यसले सरकारले जे कारण देखाएर टिकटक बन्द गरेको थियो, त्यसको औचित्य लगभग सकिएको देखिएको छ ।
अधिकांश प्रयोगकर्ता अदालतको आदेशको पर्खाईमा
यसो त टिकटकका अधिकांश प्रयोगकर्ताहरु यतिबेला अदालतले के आदेश दिन्छ भन्ने कुरिरहेका छन् । तिहारको विदा सकिएलगत्तै शुक्रबार विभिन्न कानुन व्यवसायीहरु सरकारले गरेको निर्णय गलत भएको भन्दै अदालत जाने तयारीमा छन् । उनीहरु अदालत गएपछि यस विषयमा बहस हुन्छ । कानुनसम्मत नदेखिएकाले अदालतले सरकारको निर्णय उल्टिने सम्भावना बढी देखिएको जानकारहरुको ठम्याई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी