काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सम्मानित गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर दाखिला गरेको भन्दै सरकारले नेप्सेलाई सम्मानित गरेको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित राष्ट्रिय कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व विभागद्वारा नेप्सेलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो । नेप्सेले मध्यम स्तरीय करदाता मध्ये सबैभन्दा बढी कर दाखिला गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागले नेप्सेसँगै बिहीबार विभिन्न १६ वटा विधामा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ ।
कर दिवसको अवसरमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित हुने उत्कृष्ट कर दातालाई सरकारले एक वर्षका लागि सिंहदरबार छिर्न दिने विशेष पास उपलब्ध गराउने भएको छ । यसका लागि आवश्यक पलह गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको अर्थ सचिव कृष्णहरि पुष्करले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्