
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकै पटक १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार गरिएको परिक्षणमा १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्राप्त जानकारी अनुसार केन्दीय बैंक काठमाडौंको बालुवाटार र दरबारमार्ग कार्यालय गरी १० वटा विभागका कर्मचारीमा आइतबार कोरोना पुष्टी भएको हो । यस अघिपनि राष्ट्र बैंकका कर्मचारी र उनका परिवार गरी कुल १०६ जना कर्मचारी कोरोना संक्रमित भइसकेका थिए । योसँगै राष्ट्र बैंकका ८० जना कर्मचारी र ६१ जना परिवारका सदस्य गरी १ सय २१ कोरोना संक्रमित भइसकेका छन् ।
आइतबार कोरोना पुष्टी भएका कर्मचारीहरु भने राष्ट्र बैंक बैंकिङ विभाग, मुद्रा व्यवस्थापन विभाग, मानव संसाधन तथा व्यवस्थापन विभाग, कर्पोरेट प्लानिङ विभाग, आइटी विभाग, विकास बैंक सुपरिवेक्षण विभाग, गभर्नर कार्यालय र टकसाल डिभिजनका कर्मचारी रहेका छन् । जसमध्ये एक जना कार्यकारी निर्देशक समेत परेका राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्