Skip to content
LAXMI SUNRISE BANK

‘रास्वपाको सरकार बनोस्, राज्यकोषबाट उपचार गराउने नेताको पैसा फिर्ता गराउँछौँ’- रवि लामिछाने 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको ढुकुटीबाट उपचार गराउने नेताको पैसा फिर्ता गराउने बताएका छन् । सप्तरीको फत्तेपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रविले आफ्नो पार्टीको सरकार बने राज्यको ढुकुटीबाट उपचार गराएका नेताहरुबाट पैसा फिर्ता गराउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको सरकार आए राज्यकोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने दाबीसमेत गरेका छन् । 

‘हाम्रो सरकार आओस् आफ्नो सम्पत्ति भइभइ राज्यको सम्पत्तिमा आँखा लगाएर आफ्नो उपचार राज्यको कोषबाट गराउनेको पैसा सबैभन्दा पहिला फिर्ता गराउँछौँ ।’, रविले भने । 

‘मिसन २४’ भन्दै विभिन्न क्षेत्र पुगिरहेका रविले सप्तरिबाट आगामी निर्वाचनमा रास्वपाका सांसदहरुले जनतासँग सम्झौता गरेर मात्रै भोट माग्ने बताएका छन् । त्यस्तै, आफू तथा आफ्नो पार्टीका नेताहरु सांसद रहँदासम्म लिएको तलबभत्ताको हिसाब बुझाउने पनि बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK