×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिसहोमद्धारा ‘मेरो मनको दोस्रो देश’ अभियान सार्वजनिक, भविष्यवाणी प्रतियोगितामा भाग लिई विभिन्न उपहार जित्न सकिने

PRIME CA

डिसहोमद्धारा ‘मेरो मनको दोस्रो देश’ अभियान सार्वजनिक, भविष्यवाणी प्रतियोगितामा भाग लिई विभिन्न उपहार जित्न सकिने

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिसहोम नेपालको सबै भन्दा ठूलो एचडि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा संचालन भएसँगै यो नेपालको संपूर्ण बजारहरुमा सक्रिय रहेको छ । नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले आफ्नो नयाँ अभियान ‘मेरा मनको दोस्रो देश’ सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सम्पूर्ण रुपमा तयार रहेको छ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा #Mero Manko Dosro Desh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरुबीच रोमाञ्चकारी बनाउनेछ । यस अन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्नेछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।
हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् । 
अभियानमा भाग लिनको लागि सर्त तथा नियमहरु:
  • सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।
  • सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #Mero Manko Dosro Desh गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।
  • खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।
  • प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । 
  • सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरि #Mero Manko Dosro Desh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।
  • विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।
  • विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: