काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षापछि सेयर बजार लयमा फर्किएको दाबी गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाकै कारण बजार लयमा फर्किएका दाबी गरेका छन् ।
त्यस्तै, अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सकारात्मक र राम्रो भएको दाबी गरेका छन् । अर्थमन्त्री महतले पूँजीगत खर्च ६ प्रतिशतले बढेको, राजस्वतर्फ भन्सार दर महशुलमा १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ७.१९ प्रतिशत, आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको तथा समग्रमा ७.५७ प्रतिशतले राजस्वमा वृद्धि भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । अपेक्षा गरेको भन्दा कम राजस्व उठे पनि अर्थतन्त्रको सूचकहरु अहिले अत्यन्तै सकारात्मक बन्दै गएको, मौद्रिक नीतिको समीक्षापछि बैंकहरुले ब्याजदर घटाउनमा मद्दत पुगेकोले ऋणीहरुलाई समेत राहत हुने अर्थमन्त्री महतको भनाई छ ।
गत आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा बैंक तथा वित्तीय संस्थाबाट ६८.५५ अर्ब ऋण प्रवाह भएको को चालु आर्थिक वर्षमा भने १ सय ३० अर्ब रुपैयाँ ऋण प्रवाह भएको अर्थमन्त्रीले बताएका छन् । ‘अर्थतन्त्रमा पूँजी विस्तारै चलायमान हुँदै गएको छ । असोज मसान्तसम्म चालु खातामा ५९ अर्ब बचत र ९९ अर्बको शोधानान्तर बचत छ ।’, अर्थमन्त्री महतले भने, ‘१२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकोले बाह्य परिवेशमा हामी सहज अवस्थामा छौं ।’
असोज मसान्तसम्म विप्रेषण ३० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अर्थमन्त्रीले बताएका छन् । यो वर्ष हालसम्म ९ लाख ५४ हजार पर्यटनको आगमन भएको जानकारी दिँदै महतले यतिमै चित्त बुझाएर बस्ने अवस्था भने नरहेको र अझ बढाउनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, अर्थमन्त्री महतले मुलुकमा उत्पादन र रोजगारी वृद्धि हुन अझै केही समय लाग्ने स्पष्ट पारेका छन् । सँगै अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको यथेष्ट प्रमाण रहेकोले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको अर्थमन्त्रीले दाबी गरेका छन् । ‘उत्पादन वृद्धि, रोजगारी वृद्धि हुनमा केही समय लाग्छ । तर, हाम्रो अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको छ । सबैखाले सूचकहरु पोजेटिभ भएको अवस्था छ ।’, उनले भने, ‘मौद्रिक नीतिको पछिल्लो घोषणापछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको छ । जग्गाको कारोबार पनि बढ्ने अवस्थामा छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्