काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्धको रिटको अर्को पेशी अर्को वर्षका लागि तोकिएको छ । २७ मंसिर (बुधबार) मा टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि अर्को पेशी २०८१ साल बैशाख २७ गतेका लागि तोकिएको हो ।
योसँगै अब सर्वोच्चमा टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्धको रिटमाथि अर्को वर्षमात्रै सुनुवाई हुनेछ । यसअघि सर्वोच्चले मंसिर ७ गते टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि मंसिर १९ गते टिकटकविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि सर्वोच्चले अर्को पेशी २७ मंसिर (आज)का लागि तोकेको थियो । तर, आज पनि टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो । अब भने टिकटक प्रतिबन्धविरुद्धको मुद्दाको अर्को पेशी अर्को वर्षलाई तोकिएको छ
सरकारले गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा १४ वटा रिट दायर भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्