×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदलतको आदेश

PRIME CA
GLOBAL IME BANK

बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदलतको आदेश

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदलतले आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गते न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

न्यायाधीश पाण्डेयले खाँणलाई ३० लाख धरौटीमा छोड्नुपर्ने राय दिएका थिए । तर, न्यायाधीश खरेलले भने खाँणलाई थुनामै राख्नु पर्ने राय दिएका थिए । दुवै न्यायाधीशहरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: