×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवशिखरका बचतकर्तालाई रकम दाबी गर्न सरकारको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिवशिखरका बचतकर्तालाई रकम दाबी गर्न सरकारको आग्रह

Artha Sarokar

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्तालाई आफूले पाउनुपर्ने रकम मागदाबी गर्न आग्रह गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर सहकारीका बचतकर्तालाई मागदाबी आवेदन पेश गर्न आग्रह गरेको हो ।

समितिका अनुसार शिवशिखर सहकारीबाट रकम लिन बाँकी रहेको बचतकर्ता तथा साहूहरुले सूचना जारी भएको ३५ दिनभित्र आफ्नो रकम मागदाबी गर्न सक्नेछन् ।

रकम मागदाबी गर्नका लागि सम्बन्धित व्यक्तिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेवसाइट www.coopmc.gov.np मा गएर आफूले लिन बाँकी रहेको रकमको सप्रमाण मागदाबी आवेदन पेश गर्नुपर्नेछ ।

सरकारले शिव शिखर सहकारीलाई भदौ ५ गते नै सहकारी ऐन, २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरिसकेको छ । हाल सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित चार जना सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी