काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले बिमा दावी रकम भुक्तानी गरेको छ । विमित राम ब. घर्तिकोको मृत्यू पश्चात मृतकको श्रीमती काशीमाया घर्तिलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ निवासी राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगर को रोवरमा माघ १५ गते मृतकको श्रीमती काशीमाया घर्तिलाई विमा वापत १४ लाख रुपैयाँ दावी रकम भुक्तानी गरिएको हो ।