×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा प्रहरीको पाराः लुडो खेलिरहेकाहरु पक्राउ, सहकारी ठगेकाहरु अझै फरार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरामा प्रहरीको पाराः लुडो खेलिरहेकाहरु पक्राउ, सहकारी ठगेकाहरु अझै फरार !

Artha Sarokar

२१ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरामा प्रहरीले लुडो खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले पुनको खाजाघरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट नगद ७२ हजार २ सय २५ रुपैयाँ, लुडो खेल्न प्रयोग हुने १६ वटा गोटी र एउटा डाइस बरामद गरेको प्रहरीले जनाएको छ ।

लुडो खेलिरहेकाहरुलाई पक्राउ गरेपछि कास्की प्रहरीले पछिल्लो समय जिल्लाभर जुवातास खेल्ने र खेलाउनेहरुमाथि गहिरो निगरानी गरिरहेको र कडाईका साथ प्रस्तुत भइरहेको कास्की प्रहरीले जनाएको छ । तर, लुडो खेलिरहेकाहरुलाई घरमै छापा मारेर पक्राउ गरेको कास्की प्रहरी सहकारी ठगहरुलाई पक्राउ गर्न भने असफल साबित भएको छ ।

हजारौँ बचतकर्ताको अरबौँ ठगी गरेर दर्जनौँ सहकारी ठगहरु फरार हुँदा पनि प्रहरीले अझै ती सहकारी ठगहरुलाई पक्राउ गर्न सकेको छैन । हाल विभिन्न सहकारीका हजारौँ बचतकर्ताहरु दैनिक बचत फिर्ताको मागसहित प्रहरीमा उजुरी दिन पुग्ने गर्छन् । तर, लुडो खेलिरहेकालाई भकाभक पक्राउ गर्ने प्रहरीले बचतकर्ताको अरबौँ ठगेर फरार भएका सञ्चालकलाई पक्राउ गर्न भने असक्षम देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी