काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ८७ लाख ९० हजार २ सय ५२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा बुद्धभुमी नेपाल हाइड्रोपावर, त्रिशुली जल विद्युत कम्पनी, माया खोला हाइड्रोपावर, स्वेत- गङ्गा हाइड्रोपावर र इङ्ग्वा हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ८७ लाख ९० हजार २ सय ५२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा चन्द्रागिरी हिल्स लिमिटेड, अपि पावर, ङ्गादि ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रकचर र त्रिसुली जल विद्युत कम्पनीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ मा यस्तो गिरावट आउँदा आरबीबी म्युचुअल फण्ड-१, गणपति लघुवित्त वित्तीय संस्था, मकर जितु माया सुरी हाइड्रोपावर र एनआइ सी एशिया ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्