काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो ।
छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारहरुको कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।विकासलाई नयाँ दिशामा लैजानका लागि उपाध्यक्ष श्रेष्ठले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताएका हुन् । ‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा रि-स्ट्रक्चर गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रमहरु डिजाइन गर्नुपर्छ’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’
विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादम्यता मिलाउनु पर्ने बतईन् ।
छलफलमा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठसँगै सहसचिव महेश भट्टराई लगायतका अधिकारी सहभागी थिए भने विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवास, विश्व बैंक समूह आईएफसीको वरिष्ठ अर्थविद् महिमा खान्ना, विश्व बैंककै दीगो विकास हेर्ने सेक्टर लिडर स्टेभ डान्यो, पूर्व अर्थसचिव समेत रहेका रामेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्