×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १४.४६ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार १४.४६ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा समाज लघुवित्त वित्तीय संस्था, छ्याँग्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बलेफी हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको  २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सगरमाथा जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर, एनआइसी एशिया बैंक, हिमालयन उर्जा विकास र ङ्गादि ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा मैलुङ्ग खोला जल विद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । मैलुङ्ग खोला जल विद्युतमा यस्तो गिरावट आउँदा प्रोग्रेशिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर र हिमालयन पावर पार्टनरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी