Skip to content
LAXMI SUNRISE BANK

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा फागुन १८ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा फागुन १८ गते हुने भएको छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुने जनाईएको छ।

सभामा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको इन्स्योरेन्सले जनाएको छ । त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते मंगलबार बुक क्लोज गरेको छ । तसर्थ, फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK