सन् २००६ ताकाको कुरा हो, एक जना साथी र म घुम्दै नयाँ बानेश्वर चोक तिर टहल्दै थियौं । एभरेष्ट होटल नजिक आईपुग्दा लामो लाइन थियो ।
‘मट्टितेलको लाइन जस्तो छ नि ब्रदर !’ साथीले भन्यो ।
‘मट्टितेलको लाइन भए खै जर्किन ? कसैको हातमा जर्किन देख्यौ ?’ प्रतिउत्तरमा मैले भनेँ ।
हामीलाई कौतुहलता जाग्यो, आखिर के को लाइन होला ?
फाईदा हुने भए हामी पनि बस्नु पर्यो भन्ने सोचेर लाईन हेर्दै हेर्दै पश्चिमतिर लाग्यौँ । त्यो लामो लाईन त बिजुलीबजार, बबरमहस्थित नेपाल बंगलादेश बैंकमा गएर टुङ्गिएको रहेछ । लाईन बस्नेहरु निरास देखिन्थे ।
भएको के रहेछ भने नेपाल बंगलादेश बैंकको सञ्चालक समिति र व्यवस्थापक मिलेर १३ अर्ब ठगी गरेको समाचार अघिल्लो दिन बाहिरिएको रहेछ। समाचार बाहिरिएको भोलिपल्ट बिहान ७ बजे देखि बैंकको देश भरका शाखामा बचतकर्ताहरुको लाईन लागेछ ।
एकै पटक बचतकर्ताहरुको रकम झिक्ने भीड लाग्दा बैंकले भुक्तानी गर्न सक्ने कुरै भएन । तसर्थ दैनिक सीमा तोकेर बैंकले ग्राहकलाई भुक्तानी गर्दा लामो समयसम्म बैंकका शाखाहरुमा भीड देखिन्थ्यो । झन् तीन दिनमै २ अर्ब झिकिएको खबर बाहिरिएपछि यो खबरले निक्षेपकर्तालाई आगोमा घिउ थप्ने काम गरेको थियो ।
त्यसको केही दिन मै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १२ नोभेम्बर, २००६ का दिन नेपाल बंगलादेश बैंकलाई हस्तक्षेप गरी व्यवस्थापनको जिम्मा तत्कालीन राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक महाप्रसाद अधिकारीको नेतृत्वमा चार सदस्य भीष्म राज ढुंगाना , केशव बहादुर के. सी, र सचिन जंग रायमाझी लाई दिएको थियो । लगत्तै बैंकका सञ्चालकहरुले राजीनामा दिएर मार्ग प्रसस्त गरेका थिए ।
बैंकको कमजोर सुशासन , प्रवर्द्धकहरुले समयमै ऋण नतिर्ने लगायतका विषयलाई लिएर राष्ट्र बैंकले पटकपटक चेतावनी दिंदा पनि अटेर गरेपछि हस्तक्षेप गरेको थियो । कुनै समय सेयरको बजार मूल्य प्रतिकित्ता ३४००/- सम्म पुगेको बंगलादेश बैंकको नेटवर्थ त्यतिबेला नेगेटिभ हुनुका साथै खराव कर्जा २५% सम्म पुगेको थियो। लामो समय राष्ट्र बैंकले हस्तक्षेप गरेर बैंक स्वस्थ अवस्थामा पुगेपछि नयाँ सञ्चालक समिति गठन गरी बैंकलाई हस्तान्तरण गरी बिदा भएको थियो ।
आज भोलि बजारमा त्यस्तै हल्ला फैलिएको छ । सहकारीसँग बैंकलाई तुलना गर्दै अब बैंक डुब्छ भन्ने अफवाह फैल्याईएको छ । जसको कारण निक्षेपकर्तालाई आतंकित पारिने काम भएको छ । बैंक र सहकारी फरक कुरा हो । सहकारी विभागले करिब ३५००० सहकारीलाई नियमन गर्छ भने राष्ट्र बैंकले नियमन गर्ने वाणिज्य बैंकको संख्या अहिले १९ रहेको छ । सहकारीको नियमनको तुलनामा बैंकको नियमन वैज्ञानिक र पारदर्शी छ । अहिले त झन् प्रविधिले बैंकिङ सेक्टरसँग सम्बन्धित हरेक कुरालाई आधुनिक र पारदर्शी वनाएको छ । नियामक निकायको कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंकलाई म चाहिं नियमबाट टसमस नहुने र कडा नियामकको हिसाबले बुझ्छु ।
एउटा बुझ्नै पर्ने महत्वपूर्ण कुरा हाम्रो अर्थतन्त्रको आकार सानो छ । यदि यहाँ एउटा बैंक डुबेमा कुनै पनि बैंक बाकी रहँदैनन् । बैंक डुब्नु भनेको राष्ट्र बैंक फेलियर हुनु हो । राष्ट्र बैंक फेलियर हुनु भनेको अर्थ मन्त्रालय सगै मुलुकको अर्थतन्त्र फेलियर हुनु हो । जसलाई सिंगो मुलुक नै फेलियर भनेर बुझ्न सकिन्छ ।
अफवाहको पछि नलागौं । ढुक्क हुनुहोस् यसकारण बैंक डुब्दैन, हाम्रो निक्षेप सुरक्षित छ र सुरक्षित रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्