Skip to content
LAXMI SUNRISE BANK

मध्यरातमा एनआईसी एशियाको एटिएम फोड्न खोज्ने एकजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएम मेसिन फोड्न खोज्ने एकजना पक्राउ परेका छन् । दार्चुलाको महाकाली नगरपालिका–४ आर्मीगेट अगाडी रहेको बैंकको एटिएम मेसिन फोडन् प्रयास गर्ने दिलेन्द्र सिंह कार्की प्रक्राउ परेका हुन् ।

२९ वर्षीय कार्की दुहुँ गाउँपालिका–४ पोक्सेका बासिन्दा हुन् । राती करिब १२ बजेको समयमा चोरी गर्ने उद्धेश्यले कार्कीले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । तर, उनको प्रयास भने असफल भएको देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार एटिएम मेसिनको केही भागमा सामान्य क्षति भए पनि अन्य क्षति भने भएको छैन ।

एटिएम कक्षको सीसीटिभी क्यामेरामा देखिएको हुलियाका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका कार्कीमाथि हाल थप अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK