काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, नेपाल वयेरहाउजिङ कम्पनी, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, गुर्खाज फाइनान्स, सन नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । समाज लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा बिपीडब्लु लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्